दुर्घटना न्यूनिकरण गर्न ट्याक्टर र अटो रिक्सामा प्रहरीले नै टाँसे स्टिकर

 पुस ११, २०७५ बुधबार १८:४९:३५ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – जाडो बेला हुस्सु र रातिको बेला हुने सडक दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले ट्याक्टर र अटो रिक्सामा स्टिकर टाँस्ने अभियान शुरु गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले बुधबारदेखि जिल्लाको विभिन्न १२ वटा स्थानबाट सडकमा चल्ने ट्याक्टर र अटो रिक्साहरुलाई रोकेर पछाडिको भागमा टल्किने रातो स्टिकर टाँस्ने काम शुरु गरेको हो । धनुषाको, जनकपुरको मुजेलिया, ढल्केवर, लालगढ, विरेन्द्रबजार, धनुषाधामलगातयको स्थानमा स्टिकर टाँस्ने अभियान थालेको ट्राफिक प्रहरीले जनाएको छ ।

जाडोको बेला लाग्ने कुहिरो हुस्सु र रातिको समयमा ट्याक्टर र अटो रिक्सामा पछाडिको ब्याक लाइट नहँुदा सडक दुर्घटना हुन सक्ने सम्भावना प्रवल हुने भएकाले सोकुरालाई मध्यनजर गर्दै टाँढैबाट टल्किने स्टिकर टाँस्ने अभियान नै शुरु गरेको धनुषाका ट्राफिक प्रहरी प्रमुख दीपककुमार साहले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘स्टिकर राति र हुस्सुको बेला टाँढैबाट टल्किन्छ । जसले सडक दुर्घटना हुनबाट जोगाउँछ । यसै उद्देश्यले स्टिकर टाँस्ने अभियान राजमार्गसहित धनुषाका १२ वटा स्थानबाट शुरु गरेका छौं ।’

यस्तै दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले जनकपुरमा सञ्चालनमा रहेको अटो रिक्साहरुलाई समेत चेकजाँचमा कडाई गरिएको ट्राफिक प्रहरीले जनाएको छ । अगाडि हेडलाइट र पछाडि ब्याकलाइट समेत नभएर चलाइरहेको अटो रिक्साहरुलाई चेकजाँच गरी कर्वाही थालिएको ट्राफिक प्रहरी प्रमुख साहले बताउनुभयो ।

उहाँका अनुसार मंगलबार हेडलाइट र ब्याक लाइट नभएका २४ वटा अटो रिक्सालाई नियन्त्रणमा लिई कार्वाही गरिएको छ भने लाइट ठीक गर्नको लागि अझै १२ वटा रिक्सा नियन्त्रणमै रहेको छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया