बलात्कारको आरोपमा इलाममा दुई युवा पक्राउ

 पुस ११, २०७५ बुधबार २०:३३:५९ | सुजता सुनुवार
unn.prixa.net

इलाम – बलात्कार गरेको आरोपमा इलाममा  बुधबार दुई युवक पक्राउ परेका छन् । 

पन्ध्र वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ पर्नेमा सन्दकपुर गाउँपालिका–४, माबुका सोम राई र झापा बुद्धशान्ति गाउँपालिका–४, बुधबारेका उत्तम राई रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार पीडित बालिकाको जाहेरीपछि दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेका दुवैलाई जिल्ला अदालत इलामबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


 

अन्तिम अपडेट: चैत २८, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया