अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
भारतीय पत्रकार तथा कार्यकता गौरी लंकेश हत्याकाण्डको अनुसन्धान गरिरहेको विशेष जाँच दल(एसआईटी) ले लंकेशको हत्या परशुराम वाघमारेले गरेको जनाएको छ ।
परशुराम वाघमारे गौरी लंकेश हत्या प्रकरणमा गिरफ्तार भएका ६ जना संदिग्धमध्येका एक हुन् । एसआईटीका वरिष्ठ अधिकारीका अनुसार तर्कवादी तथा अन्धविश्वास विरोधी गोविन्द पानसरे तथा लेखक एमएम कलबुर्गीको हत्या गर्न प्रयोग गरिएको हतियार गौरीको हत्यामा पनि प्रयोग गरिएको छ ।
एसआईटीका वरिष्ठ अधिकारीका अनुसार फोरेन्सिक रिपोर्टबाट वाघमारेले नै गौरी लंकेशको हत्या गरेको पुष्टि भएको बताएका छन् । साथै फोरेन्सिक जाँचबाट पानसरे र कलबुर्गी तथा गौरीको हत्या एउटै हतियारबाट भएको पुष्टि भएको छ ।
गौरी लंकेश हत्याकाण्डको जाँच गरिरहेको एसआईटीका अनुसार हत्याकाण्डमा संदिग्ध रहेका व्यक्तिबाट एउटा डायरी बरामद भएको छ । जसमार केही हस्तीहरुको नाम रहेको छ जसलाई निशाना बनाउने योजना बुनिएको थियो । जसमा फिल्म तथा रंगमञ्च हस्ती गिरीश कर्नाडका साथै कैयौं साहित्यकार तथा अभियन्ताको नाम रहेको छ ।
सेप्टेम्बर ५, २०१७ मा पत्रकार गौरी लंकेशलाई आफ्नै घर नजिकै गोली हानी हत्या गरिएको थियो । उनी अतिवादी समूहहरुको कट्टर आलोचकका रुपमा चर्चित थिइन् । केही वर्ष यता भारतमा उदारवादी सोच भएका पत्रकार तथा लेखक अतिवादी समूहको निशानामा पर्दै आएका छन् ।
बिहीबार मात्र कश्मीरबाट प्रकाशित हुने राइजिङ कश्मीरका सम्पादक शुजात बुखारीको गोली हानी हत्या भएको छ ।