गायक पौडेलकाे पहलमा मकवानपुर र धरानका विद्यार्थीलाई न्यानो कपडा सहयोग

 पुस १३, २०७५ शुक्रबार १६:५७:५५ | उमाकान्त पाण्डे

युएई – युएईमा रहेका गायक प्रकाश पौडेलको पहलमा मकवानपुरको एक विद्यालयका विद्यार्थीलाई सिरक वितरण गरिएको छ।

पौडेलले सामाजिक सञ्जालमा अपिल गरेर जुटाएको सहयोगबाट राक्सिराङ्ग ३ सरिखेतको सुर्योदय माविको छात्राबासमा रहेका ५२ जना विद्यार्थीलाई २६ वटा सिरक वितरण गरिएको हो । 

विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई आबुधाबीमा रहेको भान्सा घर रेस्टुरेन्टले आफ्नो वार्षिकोत्सवका अवसरमा सिरक सहयोग गर्ने प्रतिवद्धता जनाएको थियो ।

सहयोगमा रेस्टुरेन्टका प्रतिनिधी क्रमाश श्रेष्ठले विधालयमा पुगेर हस्तान्तरण गर्नुभएको छ । माइती नेपाल हेटौंडाकी माया तामाङ र राक्सिराङ्ग गाँउपालिकाको समन्वयमा सिरक हस्तान्तरण गरिएको हो ।

 यस्तै गायक पौडेलले बिष्णुपादुका–२० धरानको जनज्योति आधारभुत विद्यालयको शिशु कक्षादेखि ५ कक्षासम्मका विद्यार्थीलाई पनि ट्र्याकसुट प्रदान गर्नुभएको छ । पानमारा महोत्सवमा गीत गाएर पाएको पारिश्रमिकबाट पौडेलले सहयोग गर्नुभएको हो ।  

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया