आफ्नै निर्वाचन क्षेत्रमा राजपा संयोजक महतोको पुत्ला जलाइयो

 पुस १३, २०७५ शुक्रबार २०:८:५३ | शैलेन्द्र महतो
unn.prixa.net

फाइल फाेटाे

धनुषा – निर्वाचित भएकै क्षेत्र जनकपुरमा राजपा  नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोको पुत्ला जलाइएको छ । 

संयोजक महतोले राजपा नेपाल धनुषा अध्यक्ष मण्डलका सदस्य देवकृष्ण मण्डललाई हटाएर विद्यार्थी नेता ज्ञानेन्द्र झा ‘ज्ञानु’लाई मनोनित गरेको विरोधमा शुक्रबार साँझ जनकपुरको जनकचोकमा संयोजक महतोको पुत्ला दहन गरिएको हो । धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेता हुनुहुन्छ ।
 

अध्यक्ष मण्डलको सदस्यबाट हटाइएका देवकृष्ण मण्डलको नेतृत्व र रजपाका प्रदेश सांसद एवं प्रदेश नं. २ का सचेतक प्रमेश्वर साहको विशेष उपस्थितिमा महतोको पुत्ला दहन गरिएको छ । संयोजक महतोले पार्टीमा सक्रिय भूमिका निर्वाह गर्ने देवकृष्ण मण्डललाई अध्यक्ष मण्डलका सदस्यबाट हटाएर अर्कालाई मनपरी ढंगले मनोनित गरी पार्टी हित विपरीत काम गरेको उनीहरुको आरोप छ ।
 

विरोध प्रदर्शन गर्दै उनीहरुले सदस्य मण्डललाई हटाएको निर्णय अबिलम्ब फिर्ता लिन माग समेत गरेको छ । पुत्ला दहन कार्यक्रममा अध्यक्ष मण्डलका जिल्ला संयोजक सतिशलाल दास, राजपा जिल्ला नेता रामविनोद चौधरी पप्पु, धिरेन्द्र सिंह लगायत दर्जनौँ नेता कार्यकर्ताको सहभागिता रहेको थियो । 


 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया