खाेटाङमा एक युवती मृत भेटिइन्

 पुस १५, २०७५ आइतबार १९:२८:३९ | उज्यालो सहकर्मी

खोटाङ – खोटाङमा शनिबार एउटी युवती मृत अवस्थामा फेला परेकी छन् ।

साकेला गाउँपालिका–४, मातिमकी १९ वर्षीय अस्मिता राई मृत फेला परेको प्रहरीले जनाएको छ । शनिबार बिहान घाँस काट्नका जंगलमा गएकी राई अबेरसम्म नफर्किएपछि खोजी गर्दा नजिकैको जंगलमा मृत अवस्थामा फेला परेको आफन्तलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

राईको शवलाई आइतबार जिल्ला अस्पताल दिक्तेल ल्याएर पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको प्रहरीले बताएको छ । 
 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया