त्रिशूली जलविद्युत आयोजनामा आगलागी, नुवाकोटमा विद्युत आपूर्ति बन्द

 पुष १८, २०७५ बुधबार २१:२४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाडौं – नुवाकोटमा रहेको त्रिशूली जलविद्युत आयोजनामा आगलागी भएको छ । 

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर एकमा रहेको २१ मेगावाट क्षमताको जलविद्युत आयोजनामा आगालागी हुँदा विद्युत उत्पादन बन्द भएको छ । बुधबार साँझ आयोजनामा रहेको ६.६ केभीको जेनेरेटर बसमा फायरिङ भएर आगलागी भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विदुर नगरपालिकाको दमकल प्रयोग गरेर आगो निभाइएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन । आगलागीबाट के कति भौतिक क्षति भयो भन्ने जानकारी नआएको प्रवक्ता अधिकारीले बताउनुभयो । 

आगलागीबाट नुवाकोटमा विद्युत आपूर्ति बन्द भएको छ भने धादिङ र रसुवाका केही भागमा पनि विद्युत आपूर्ति बन्द भएको छ । 

आयोजनाको यो प्लान्टमा गएको असार २६ र मंसिर ८ गते पनि आगलागी भएको थियो । 

 

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया