प्रदेश सांसद साहले घरभाडाबापत लिएको पैसा फिर्ता गर्ने

 पुस १९, २०७५ बिहिबार २०:२८:४४ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – प्रदेश २ का नेकपा प्रदेश सांसद किशोरी साह कमलले घरभाडा बापत लिएको रकम फिर्ता गर्ने भएका छन् ।

प्रदेश सांसद साहले प्रदेशसभा सचिवालयलाई बिहीबार एक पत्र पठाउँदै आफ्नो खातामा आएको तलबभत्ता रकमबाट फिर्ता अहिलेसम्मको सम्पूर्ण घरभाडा रकम फिर्ता लिन आग्रह गर्नुभएको हो ।

उहाँले आफ्नो घर जनकपुरमै रहेकाले अब उपरान्त घरभाडा सुविधा बापतको रकम आफ्नो खातामा नपठाउन समेत पत्रमा उल्लेख गर्नुभएको छ । प्रदेशको अस्थायी राजधानी जनकपुरमा घर हुँदाहुँदै प्रदेशसभा सचिवालयबाट घरभाडा बापत १४ जना रकम केही प्रदेश सांसदहरुले लिँदै आएको कुरा सार्वजनिक भएपछि उनीहरुको आलोचना हुँदै आएको छ ।

आलोचना हुन थालेपछि नेकपा सांसद साहले अहिलेसम्म लिएको सम्पूर्ण घरभाडा फिर्ता गर्ने  र अबदेखि उक्त सुविधा बापतको रकम नलिने बताउनुभएको हो ।संसदीय दलका नेता, सत्तापक्षका प्रमुख सचेतक, विपक्षी दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिलाई प्रदेशसभा सचिवालयले मासिक १८ हजार र सांसदहरूले घरभाडाबापत प्रतिमहिना १५ हजार रुपैयाँ पाउने व्यवस्था छ  ।

उहाँलगायत जनकपुरमै घर भएका प्रदेश सांसदले घरभाडा सुविधा बापतको रकम बुझ्दै आएका छन् । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया