जानकी मेडिकल कलेजमा उच्छृङ्खल गतिविधि गरेकाे आरोपमा विद्यार्थी पक्राउ

 पुस २०, २०७५ शुक्रबार ८:४९:४४ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – धनुषाको रमदैयामा रहेको जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा  उच्छृङ्खल गतिविधि गर्ने एक विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । 

कलेजमा एमबीबीएसमा अध्ययनरत विद्यार्थी महोत्तरीको जलेश्वर नगरपालिका–६, का राकेश पाण्डेलाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहार मुद्दा चलाएको हो ।
 
धनुषा प्रहरीका अनुसार पाण्डेले गएको सोमबार राति मादक पदार्थ सेवन गरी कलेजमा भर्खरै एमबीबीएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थी निर्मलकुमार रामलाई गालीगलौज तथा कुटपिट गरेका थिए । 

यस्तै उनले कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई धाकधम्की गालीगलौज गर्ने, क्यान्टिनमा खाजा खान नदिने, लाइब्रेरीमा प्रवेश गर्न नदिने, छात्राहरुलाई जिस्काउने जस्ता गलत गतिविधि गरेको उजुरीको आधारमा पाण्डेलाई पक्राउ गरी कारबाही थालिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया