पराईको मात्र आँखा परेकी हिमाली सुन्दरी !

 पुस २१, २०७५ शनिबार ७:३०:२० | भाेजेन्द्र बस्नेत
unn.prixa.net

गोक्यो ताल

‘सूर्य उदाउँदा पृथ्वी मुस्कुराएको हेर्ने रहर भए पाँच नबज्दै उठेर बाहिर निस्कनु ।’

नेपालकै अग्लो स्थानमा रहेको स्याङबोचे विमानस्थल छेउमा घर भएका व्यवसायी डिल्ली मगरले हामीलाई ‘गुड नाइट’ भनेर बाहिर गइसकेपछि फर्केर भनेका थिए । उनको आतिथ्यतामा रात निकै छिप्पिसकेकोले बिहान चाँडो उठ्ने कुरा सम्झन पनि मन थिएन, । जिस्किएँ, ‘घामलाई पनि आठ बजेतिर उठ्नु भनिदिनुस न ।’, उनी पनि के कम ? जिस्किँदै भने, ‘अनलाइन रहेछन् भने भनिदिउँला ।’

लुक्ला बजारमस्त निद्रामा थियाैँ, मोबाइलमा घण्टी बज्यो । अघिल्लो दिन साढे चार बजे उठ्न मिलाएको अलाम सबै दिन बज्ने गरी सेट भएछ । आफैसँग रिसाउँदै अलार्म बन्द गरेर कोल्टो फेरेँ । निन्द्रा आएन । आधा घण्टामा झण्डै पाँचपटक कोल्टे फेरेपछि शौचालय जान मन लाग्यो, बाहिर निस्किएँ । 

बाफरे बाहिर त मेला नै लागेको रहेछ । खुशीले उन्माद हुँदै विदेशी भाषामा चिच्याएका आवाजहरु कानमा ठोक्किए । केही नेपाली गाइडहरु पनि घाम लाग्दा सुनौला बनेका हिमाल तथा टाकुराहरु अनि पहाड पार गर्दै निस्किएको सुनौलो सूर्य हेरेर चिच्याइरहेका थिए । सेता हिमाललाई सुनौला बनाउँदै निस्किएको सूर्य देख्दा म पनि हेरेको हेर्‍र्यै भएँ ।

आमाडब्लम हिमाल आडबाट भएको सूर्योदयसूर्योदय हेर्न यति बिघ्न चिसोमा पनि ओछ्यान छाड्न सक्ने विदेशीको हुलमा उनीहरुका गाइडबाहेक नेपाली थिएनन् । सोचेँ, सायद चिसोले ओछ्यान छाड्न सकेनन् होला । 

बिहान चिया खाजापछि खुम्जुङ उपत्यका हुँदै फोर्चे गाउँ जाने योजना थियो । बाटोमै योजना बन्यो संसारकै अग्लो स्थानमा रहेको तारे होटल, एभरेष्ट भ्यू होटलमा कफी खाएर खुम्जुङ भ्याली जाने ।

बाटोमा पर्ने खुम्जुङ याक फार्ममा केहीबेर चौँरीका बाच्छासँग रमाएर उकालो लाग्दा विदेशी पर्यटकको लाइन थियो । त्यहाँ पनि भारी बोक्ने र बाटो देखाउने मात्रै नेपाली । मेरो मनमा कौतुहलता थियो, ‘विश्वमै चर्चित सगरमाथा पदमार्गमा आन्तरिक पर्यटक कति आउलान् ?’ एभरेष्ट भ्यू होटलबाट सगरमाथा हेर्दै चिच्याउनेको भिडमा पनि घुम्नकै लागि पुगेका नेपाली भेटिनँ, सोचेँ ज्यादै महँगो सोचेर यहाँ आएनन् होला । 

सगरमाथाको प्रवेशद्वार नाम्चे बजारखुम्बु उपत्यकामा खान खाँदै गर्दा होटल सञ्चालक तेञ्जिङ टासी शेर्पालाई नेपाली पर्यटक चाहिँ आउँदैनन् भनेर सोध्दा जवाफ आयो, तपाईँहरु जस्तै कामले आउने बाहेक घुम्न कमै आउँछन् । किन होला ? जवाफमा शेर्पा बोले, ‘नेपालीहरु घुम्नु भनेको विदेश जानु हो भन्ने सोच्छन्, कतिलाई विदेश गएर हेर्ने भन्दा कैयौँ गुणा राम्रो दृश्य खुम्बुमा छ भन्ने जानकारी नहुन पनि सक्छ, नजिकको तीर्थ हेला भनेको जस्तो पनि होला’

मैले एउटा किस्सा सम्झिएँ । कुनैबेला सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी खुम्बुमा गएछन् । एउटा होटलमा बास बसिसकेका उनलाई विदेशी पर्यटक आएको भन्दै होटलबाट निकालिएछ । 

सोमारेबाट देखिएको लोत्सेसार हिमाल अहिले पनि व्यवसायीले नेपालीमाथि यस्तै व्यवहार पो गर्छन् कि भन्ने प्रश्नमा तेञ्जिङ टासीले भने, ‘त्यो बेलामा पर्यटन व्यवसाय भर्खर सुरु भएको थियो, होटलहरु निकै कम थिए, व्यवसायीहरु व्यावसायिक बन्न सकेका थिएनन्, तर अहिले हजारौंलाई सेवा दिन सक्ने क्षमता खुम्बुमा छ । व्यवसायीहरु सचेत भएका छन् । अनि खर्चको कुरा गर्ने हो भने पनि नेपालमा आउने पर्यटकको गुणस्तर भन्दा नेपालीले गर्ने खर्च बढी भइसकेको छ । यी सबै कारण खुम्बुमा आन्तरिक पर्यटकले सेवा नपाउने कुरै हुन्न, हामी नेपाली पर्यटकलाई स्वागत गर्न आतुर छौँ, तर आउँदैनन् ।’ 

हिमाली बस्ती पाङबोचे, पृष्ठभूमिमा लोत्सेसार । सबै घरमा हरियो जस्ताको छानो भएको सुन्दर ग्रीन भ्याली (खुम्जुङ उपत्यका) लाई छाडेर हामी फोर्चे गाउँतर्फ लाग्यौँ । त्यो बाटोमा पनि विदेशीको लाइन छ, तर घुम्न हिँडेका नेपाली भेटिएनन् । सात पटक सगरमाथा शिखरमा पुगेका फोर्चेका पासाङनुरु शेर्पाले पनि टल्किएका हिमाल र हिमाली हावालाई नेपालीले चिन्न नसकेको जवाफ दिए ।  

घुम्नकै लागि खुम्बु पदमार्गमा पुगेको एकजना नेपालीसँग कुराकानी गर्ने मेरो धोको फर्केर नाम्चेबजार आइपुग्दा पनि पूरा भएन । नेपाली थुप्रै भेटियो, तर कोही भरिया, कोही गाइड, कोही कार्यालयको काममा हिँडेका, हामी जस्तै । 

खुम्बुको पर्यटन व्यवसाय प्रबद्र्धनमा लागिपरेका नाम्चेका सोनाम ग्याल्जेन शेर्पासँग छलफल भयो । उहाँले पछिल्ला दिनहरुमा एकाध नेपाली समूह खुम्बु घुम्न पुग्ने गरेको भए पनि आन्तरिक पर्यटन कमजोर रहेको भन्दै यसमा पहुँचको समस्या मुख्य भएको बताउनुभयो । चौंरीखर्कसम्म सडक खन्ने काम भइरहेको भन्दै उहाँले सहज सडक यातायात सुविधापछि पर्यटक आउने विश्वास व्यक्त गर्नुभयो । 

मेरो मन अझै बुझेन । सगरमाथा आधार शिविर जाने पदमार्ग विश्वमा चर्चितमध्येको एउटा पदमार्ग हो । परम्परागत शेर्पा बस्ती हुँदै जाँदा पुराना गुम्बा, बाटोबाट नजिकै अनुभव गर्न सकिने जीवनपद्धतिले जोकोहीलाई लोभ्याउँछ । 

सगरमाथा, मकालु, ल्होत्से, चोयु जस्ता हिमालको आकर्षक अवस्थिति । हिमाली चरा, वन्यजन्तु, हिमाली संस्कार अनि पाइलैपिच्छे देखिने मनोमहक दृश्य । साँच्चै लोभलाग्दो छ खुम्बु । त्यस क्षेत्रको पदयात्रा अवधिभर हिमाली रमणीयताले पर्यटकलाई क्यामरा बिसाउन मन नलाग्ने बनाउँछ । वर्षमा झण्डै ४० हजार विदेशी पर्यटक पदयात्राका लागि पुग्छन् । तर त्यो विश्वकै उत्कृष्टमध्येको एक खुम्बु पदमार्गमा आन्तरिक पर्यटकको संख्या भने नगन्य छ । 

दिङबोचे बजारखुम्बुको हिमाल आफैमा राम्रो छ । शेर्पा संस्कृतिले मौलिकता झल्काइदिन्छ । हिमाली भेगका ताल जसले सौन्दर्यमा रङ थपेका छन् । चिसो हावासँग पौंठेजोरी खेल्दै उकालो लाग्दा प्राप्त हुने आनन्द वर्णनयोग्य छन् । 

सगरमाथा भन्नेवित्तिकै नेपालीहरुको शीर गर्वले उच्च हुन्छ । हप्ता/पन्ध्र दिनको पदयात्रामा हिमाली दृश्यावलोकन, उचाइको रहरलाग्दो यात्रा र मौलिकतासँग रमाउन सकिने खुम्बु उत्कष्ट पदमार्ग हो । तस्बिर हेरर तपाईँ जवाफ दिनु त, आन्तरिक पर्यटकका लागि योग्य ठाउँ हो कि होइन खुम्बु ? 

अन्तिम अपडेट: भदौ २५, २०७६

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

1 Comments

  • tirtha raj pandit

    Jan. 11, 2019, 11:40 a.m.

    १५ दिनको लागि नेपालीलाई कति खर्च लाग्छ होला ?

  •  0 Reply

तपाईको प्रतिक्रिया