धनकुटा : फलामेटारको एक घरमा आगलागी हुँदा १७ लाखको क्षति

 पुस २२, २०७५ आइतबार १८:२४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१ स्थित फलामेटारको एक घरमा आइतबार दिउँसो आगलागी हुदाँ १७ लाख बराबरको क्षति भएको छ ।

कुखुरा पालेको फर्मबाट अचानक आगलागी हुदाँ स्थानीय पूर्णबहादुर लिम्बूको दुई तले ढुंगा माटोले बनेको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

आगलागीबाट गोठमा रहेका कुखुरासहित घरमा रहेका सम्पूर्ण लत्ताकपडा, अन्नपात, खाध्यान्न, काठ जलेर नष्ट भएको छ । आगलागीबाट झण्डै १७ लाख रुपैयाँ बराबरको क्षति भएको एसपी गुरुङले जानकारी दिनुभयो ।

घर जलेर नष्ट भएपछि पीडित लिम्बू परिवार अहिले खुल्ला आकाशमूनि बस्न बाध्य भएका छन् । पीडित परिवारले अहिलेसम्म कुनै राहत पाएको छैन ।

दिउँसो भएको आगलागी कुखुराको भुत्ला जलाउने क्रममा आगो सल्किएको थियो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया