चन्द्रागिरी, दामनसहितका उच्च पहाडी भूभागमा हिउँ पर्‍याे

 पुस २३, २०७५ सोमबार १०:१०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न भूभागमा वर्षा भएको छ । वर्षासँगै काठमाडौं आसपासका दामन, चन्द्रागिरीलगायतका उच्च पहाडी भूभागमा हिउँ परेको छ । 

काठमाडौं उपत्यकामा निकै लामो समयपछि यो वर्ष हिउँदे वर्षा भएको हो । पश्चिमी वायुको प्रभावका कारण सोमबार उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भैहेको पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार बादल लागेका कारण काठमाडौंको न्युनतम तापक्रम भने बढेको थियो । 

तस्बिर : चन्द्रागिरी हिल्सका म्यानेजर अभिसेक विक्रम शाहकाे फेसबुकबाट


 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया