सर्वोच्चले निर्वाचन आयोगलाई सोध्यो, 'संविधान उल्लंघन गर्ने दल किन दर्ता गरेको ?'

 असार ३, २०७५ आइतबार १५:५५:३४ | उज्यालो सहकर्मी

काठमाडौं – सर्वोच्च अदालतले संविधान उल्लंघन गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई दर्ता गर्नुको कारण निर्वाचन आयोगसँग माग गरेको छ ।

न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले पार्टीको संरचनामा ३३ प्रतिशत महिला सहभागिता नगराएको दल नेकपाको दल दर्ता किन गराएको भन्दै कारण देखाउ आदेश जारी गरेको हो ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति पोलिटब्यूरो, स्थायी समितिलगायतमा ३३ प्रतिशत महिला नपुगेको तर निर्वाचन आयोगले नेकपालाई गैरकानूनी रुपमा दर्ता गरेको दाबी गर्दै अधिवक्ता इन्दु तुलाधरसहित १७ जनाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियो । 

रिटमा निर्वाचन आयोगको निर्णयले नेपालको संविधान तथा दल दर्ता सम्बन्धी ऐनको उल्लंघन गरेको दाबी गरिएको थियो । रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो । अब निर्वाचन आयोगले यसको कारण १५ दिनभित्र सर्वोच्च अदालतमा पेश गर्नुपर्नेछ । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया