दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
राजु लामिछाने/जयराज अवस्थी
रुकुम – रुकुम पूर्व र रुकुम पश्चिमका लेकाली भेगमा हिमपात भएको छ ।
आइतबार बिहानदेखि मौसममा आएको परिवर्तनसँगै वर्षात भएपछि हिमपात भएको हो । आइतबार दिउँसोदेखि लेकाली भेगमा हिमपात र औल क्षेत्रमा वर्षात भएको थियो । रुकुम पूर्वका हुकाम, मैकोट, सिस्ने, पेल्मा भट्टेचौर, दादिंग, सेपेलगायतका क्षेत्रमा अधिक हिमपात भएको छ भने रुकुम पश्चिमका किटनी, जन्तिबसे लेक, मौराखारा, स्याजे, बल्लेजुरा, मौराखारालगायतका लेकमा हिमपात भएको छ ।
हिमपातका कारण यहाँका लेकाली भेगमा सेताम्य भएका छन् । हिमपातका कारण अत्याधिक चिसो भएपछि रुकुम पूर्वको जनजीवन कष्टकर भएको छ ।चिसोका कारण स्थानीयवासी घर बाहिर निस्कन सकेका छैनन् । चिसो बढेपछि गाईबस्तुलाई घाँसपात खुवाउन, जंगलमा बस्तुभाउ चराउन समस्या हुनुका साथै काठदाउरा ल्याउन समेत गाह्रो भएको स्थानीयवासीले बताएका छन् । औल क्षेत्रमा वर्षा र लेकाली क्षेत्रमा हिमपात हुँदा चिसो बढेको हो ।
हिमपातसँगै वर्षात भएपछि गहुँ, जौ तथा तरकारी बाली सप्रिने आशामा किसानहरु उत्साहित भएका छन् । यो वर्ष जिल्लामा यो पहिलो पटक हिमपात भएको हो ।
अहिलेसम्म वर्षा नहुँदा हिउँदेबाली गहुँ–जौ सुक्न थालेपछि चिन्तित किसान वर्षाले खुशी भएका छन् । हिमपातसँगै परेको पानीले लगाएको फलफूल खेती, खाद्यन्न तथा तरकारी बाली राम्रो हुने मुसिकोट नगरपालिका रुकमु पश्चिमका कृषि इकाई प्रमुख मनोज पोखरेलले बताउनुभयो ।
बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा हिमपात भएको छ । गएरातिदेखि हिमपात सुरु भएको हो । हिमपात भएसँगै पहाडी जिल्लाहरुमा चिसोका कारण जनजीवन प्रभावित भएको छ ।
हिमपातका कारण चिसो बढेकाले यो समयमा बालबालिका तथा वृद्धवृद्धाहरुको बिशेष ख्याल गर्नुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । यो समयमा बालबालिकाहरुमा निमोनिया र वृद्धवृद्धाहरुमा दम, श्वासप्रश्वास सम्बन्धी रोग देखिन सक्ने भएकाले तातो तथा झोलिलो खानेकुराहरुमा खानुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।
लामोसमयको खडेरीपछि हिमपात भएकाले किसानहरु खुशी भएका छन् । हिमपातले हिउँदेबाली सप्रने भन्दै किसानहरु खुशी भएका हुन् । हिमपातले गहुँ लगायतका हिउँदेबाली हुर्कन सहयोग गर्ने कृषि ज्ञानकेन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।