नेपाली बालबालिकामाथि याैन दुराचारकाे आराेपमा एक क्यानडेली नागरिक क्यानडामा पक्राउ

 पुस २४, २०७५ मंगलबार १४:३२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

क्यानडाको राजधानी ओटावामा घर भएर केही समयदेखि नेपालको एउटा अनाथाश्रममा स्वयंसेवकका रुपमा काम गरिरहेका एक व्यक्ति बाल यौन दुराचारको आरोपमा क्यानडामा पक्राउ परेका छन् ।

६२ वर्षका पल म्याक्कार्थी नाम गरेका ती व्यक्तिलाई गएको मध्य डिसेम्बरमा नेपालबाट क्यानडा फर्र्केका बेला पहिलाेपटक स्थानीय क्यानडा सीमा सेवा संस्था सीबीएसएले रोकेको थियो ।

प्रहरीका अनुसार त्यतिबेला सीबीएसएका अधिकारीहरुले ती व्यक्तिका साथबाट यौन दुराचारका प्रमाण तथा उनकाे माेबाइलका म्यासेजहरुमा १६ वर्षमुनीका बच्चालाई यौनकार्यका लागि फकाउने खालको भाषा र शब्दहरु प्रयोग गरेको भेटिएको थियो । 

जनवरी ४ का दिन उनी क्यानडाबाट देश छोडेर पनामा जान लागेको बेला उनलाई टोरण्टोको पियर्सन विमानस्थलमा प्रहरीले उनी चढेको विमानबाटै पक्राउ गरेको थियो । 

ओटावा प्रहरीले गएको शुक्रबार म्याक्कार्थीको घरमा छापा मारेर बाल यौन दुराचारसम्बन्धी तस्बिर त्यहाँ भएका अन्य विदयुतीय सामगीहरु बरमद गरेको बताएको छ ।  

त्यसपछि म्याक्कार्थीलाई बाल यौन दुराचारसम्बन्धी दुईवटा सामग्री राखेको आरोप लागेको थियो जसमा एउटा १८ वर्षमुनीका किशोरलाई फकाएको र अर्कोमा यौन दुराचारसम्बन्धी सामग्री आयात गरेको थियो । 

प्रहरीका अनुुुसार पीडितमध्ये पाँचजना नेपाली किशोरहरु रहेको र उनीहरु सबै १६ वर्षमुनीका रहेको क्यानडा प्रहरले जनाएको छ । उनलाई शुक्रबार टोरण्टोमा पक्राउ गरेपछि ओटावा पठाइएको छ । उनी शनिबार पहिलोपटक अदालतमा उपस्थित गराईँदै गदा उनका परिवारका सदस्यहरु अदालतबाहिर रोइरहेका स्थानीय सञ्चारमाध्यम सीटीभीन्यूजले लेखेको छ ।

ओटावाका प्रहरीले प्रेस विज्ञप्ति जारी गरेर अन्य बालबालिका पनि पीडित भएका हुनसक्ने सम्भावना व्यक्त गरेको छ । साथै विज्ञप्तिमा म्याक्कार्थीमाथि अन्य अभियोगहरु पनि लाग्नसक्ने अपेक्षा गरिएको पनि जनाइएको छ ।

छानबिनमा क्यानडा तथा अमेरिकाका आरएमसीपी, पील रिजनल पुलिस, अमेरीकी गृह सुरक्षा विभाग तथा ओटावा प्रहरी लगायत विभिन्न सुरक्षा निकायहरु संलग्न थिए ।  

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया