एन्फा महिला लिगमा आर्मी र पुलिसबीच बराबरी
पुस २१, २०८१ आइतबार
भक्तपुर – एक बालिकालाई आफ्नै कोठामा बोलाएर चारजनाले सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।
उदयपुर त्रियुगा न.पा. ८ घर भई हाल काठमाडौं बस्ने १५ वर्षीया बालिकालाई मध्यपुरथिमि–३, गठ्ठाघरस्थित आफ्नै कोठामा बोलाई चारजनाले सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले आरोपित चारजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा उदयपुर जिल्ला घर भई हाल गठ्ठाघर डेरा गरी बस्ने २५ वर्षीय शिवजी भन्ने रिपुमर्दन बस्नेत, १८ वर्षीय सुशान्त खड्का, १८ वर्षीय सुशील कार्की, रौतहट चन्द्रपुर १ घर भई हाल लोकन्थली बस्ने १८ वर्षीय प्रबेश बस्नेत रहेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।
यही पुस २४ गते दिउँसो बालिकालाई आफ्नै कोठामा बोलाएर चारैजनाले सामूहिक बलात्कार गरेको उजुरीको आधारमा महानगरीय प्रहरी वृत्त थिमिले चारैजनालाई पक्राउ गरी अनुसन्धान गरी आजै भक्तपुर जिल्ला अदालतमा पेश गरी जबरजस्ती करणी उद्योगमा मुद्धा चलाएको उहाँले बताउुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।