मन्त्रीले सचिव कुटेको घटनाका विषयमा छानबिन सुरु

 पुस ३०, २०७५ सोमबार १२:३:३३ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजनामन्त्रीले सचिव विद्यानाथ झालाई कुटपीट गरेको घटना विषयमा छानबिन सुरु भएको छ । 

आइतबार घटना पश्चात् आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा गठित ३ सदस्य टोलीले सोमबारबाट छानबिन सुरु गरेको हो ।

सोमबार टोलीको बैठक बसेर दुवैपक्ष र घटना स्थलमा रहेका प्रत्यक्षदर्शीहरुसंग बुझ्ने काम सुरु गर्ने टोलीका सदस्य समेत रहनु भएका प्रदेश २ का मुख्य सचिव दीपक सुवेदीले बताउनुभयो । उहाँका अनुसार घटनाको छानबिन गरी सातदिन भित्र प्रतिवेदन तयार गरेर बुझाइने छ । 

तीन सदस्य छानविन टोलीको संयोजकमा कानुनमन्त्री यादव, सदस्यमा मुख्य सचिव सुवेदी र मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव हरी फँयाल सदस्य छन् ।

आइतबार आफूले भने अनुकुलको एनजीओमा कार्यक्रम नपार्दा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नो कार्यकक्षमा बोलाएर प्रदेश २ का सभामुख सरोज यादवकै सामुन्ने हात र लातले कुटपीट गर्नुभएको थियो । घटनापछि आक्रोसमा सचिव झालेसमेत मन्त्री यादवलाई तथानाम गाली गर्नुभएको थियो । 


 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया