‘जीरो’ फ्लप भएसँगै शाहरुखले छोडे आमिरले दिएको फिल्म

 पुस ३०, २०७५ सोमबार १३:३९:३९ | एजेन्सी
unn.prixa.net

बलिउड अभिनेता शाहरुख खान छिट्टै नै अन्तरिक्ष यात्री राकेश शर्माको बायोपिक ‘सारे जहाँ से अच्छा’ मा देखिने खबर सार्वजनिक भएका थिए । फिल्म ‘सारे जहाँ से अच्छा’ को नाम यसअघि ‘सेल्यूट’ राखिएको थियो । तर अहिले शाहरुख खान यस फिल्मबाट बाहिरिएको खबर सार्वजनिक भएको छ । 

शाहरुख खान छिट्टै नै निर्देशक फरहान अख्तरका साथ फिल्म ‘डन ३’ को तयारीमा लागेका छन । तसर्थ शाहरुखले फिल्म ‘डन ३’ का लागि ‘सारे जहाँ से अच्छा’ बाट हात झिकेका हुन् । शाहरुखले एकाएक यसरी फिल्मलाई अन्तिम अवस्थामा आएर छोड्नुको कारण उनको केही समयअघि रिलिज भएको फिल्म ‘जीरो’ को असफल व्यापारलाई बताइएको छ ।

२०० करोडको लगानीमा बनेको फिल्म ‘जीरो’ ले जम्मा ८९.२५ करोड मात्रै कमाएको थियो । साथै फिल्म समीक्षकको तर्फबाट पनि खासै राम्रो प्रतिक्रिया पाएको थिएन । यसै कारण सुपरहिट फिल्मको खोजीमा रहेका शाहरुख खान यसअघि नै दर्शकको मन जितिसकेको फिल्म ‘डन’ को तेस्रो भाग लिएर आउने तयारीमा लागेका हुन् । 

यसअघि फिल्म फिल्म निर्माताहरुले ‘सारे जहाँ से अच्छा’ को लागि अभिनेता आमिर खानलाई चुनेका थिए । तर आमिरले आफ्नो व्यस्तताका कारण समय दिन नसक्ने भन्दै शाहरुखलाई यो फिल्म गर्न भनेका थिए । शाहरुखले पनि आमिरको प्रस्ताव स्वीकार गर्दै फिल्ममा काम गर्न राजी भएका थिए ।

केही दिनअघि मात्रै शाहरुख खानले साथी आमिरले आफूलाई यस फिल्ममा काम गर्ने अवसर दिएकोमा आफू कृतज्ञ भएको भन्दै आमिरलाई धन्यवादसमेत दिएका थिए । तर अहिले आएर शाहरुख खानले पनि यो फिल्म नगर्ने घोषणा गरेका छन् । 

शाहरुख खानले यो फिल्म छोडेपछि अहिले फिल्म निर्माताहरु अरु नै अभिनेताको खोजीमा लागेका छन् । पछिल्लो समयमा एकपछि अर्को गदै बक्स अफिसमा राम्रो फिल्म दिन नसकेका शाहरुख खानले फिल्म  ‘डन ३’ बाट भने दर्शकको साथ पाउने आशा गरिरहेका छन् ।

उनको यो अपेक्षा पूरा हुन्छ वा हुदैन त्यो त फिल्म रिलिजपछि मात्रै थाहा हुनेछ । 


 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया