यस्तो बन्यो ‘भैरे’ को ट्रेलर

 असार ४, २०७५ सोमबार १८:७:१२ | उज्यालो सहकर्मी

काठमाडौं –  साउन ४ गते रिलिज हुने नेपाली चलचित्र ‘भैरे’को ट्रेलर सार्वजनिक गरिएको छ । 

सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच अभिनेता दयाहाङ्ग राईको प्रमुख भूमिका रहेको यो चलचित्रको ट्रेलर रिलिज भएको हो । 

कार्यक्रमका चलचित्रका कलाकारहरु दयाहाङ्ग राई, सुरक्षा पन्त, वर्षा सिवाकोटी, विक्रान्त बस्नेत लगायत र निर्माण टिमको उपस्थिति थियो । ट्रेलर प्रेम, रोमान्स, कमेडी र एक्सनले भरिएको छ । 

चलचित्रका निर्देशक एभरेष्ट सूर्य बोहरा हुन् । यो फिल्मको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल, कुमार बस्नेत र सिन्धु पौडेल चलचित्रका सह–निर्मातामा छन् ।

नेपालय सिनेमा इन्टरनेशनलद्वारा निर्मित तथा लेखबहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’को सम्पादन बनिष शाहले गरेका छन् । पुरुषोत्तम प्रधानले ‘भैरे’का सम्पूर्ण दृश्य खिचेका छन् ।

सूर्य थोकरको द्वन्द्व रहेको यस चलचित्रमा दयाहाङ्ग राई, बुद्धि तामाङ्ग, सुरक्षा पन्त, वर्षा सिवाकोटी, विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङलगायतका कलाकारहरुको अभिनय छ ।
 

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया