दोहोरो करमुक्तिसम्बन्धी प्रावधानले कर असुलीमा समस्या परेको छ: अर्थमन्त्री खतिवडा

 माघ ४, २०७५ शुक्रबार १६:५३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले ‘राजस्व न्यायाधिकरणसम्बन्धी ऐन’ संशोधन गर्ने तयारी गरेको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाले कर असुलीसम्बन्धी अदालतमा परेको मुद्दा छिटो फैसला गर्ने व्यवस्था गर्न सरकारले राजस्व न्यायाधिकरणसम्बन्धी ऐन संशोधन गर्ने तयारी गरेको बताउनु भएको हो ।

उहाँले त्यस सम्बन्धमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग आवश्यक छलफल गरिएको पनि बताउनुभयो ।

दूरसञ्चार सेवा प्रदायक संस्थाहरुले करोडौंको कर छली गरेको विषयमा छलफल गर्न शुक्रबार संघीय संसदको अर्थ समितिको बैठकमा सहभागी हुनु भएका अर्थमन्त्री खतिवडाले अदालतमा मुद्दा दिने र त्यसको फैसलामा ढिलाइ हुँदा पनि कर असुलीमा समस्या पर्ने गरेको उल्लेख गर्दै त्यसलाई कसरी हटाउने भन्ने विषयमा पनि सरकारले कानुनमै आवश्यक संशोधन गर्न लागेको स्पष्ट पार्नुभयो ।

बैठकमा समितिका सदस्यहरुले दूरसञ्चार सेवा प्रदायक संस्थाहरुको कर असुली गर्न नसकेको भन्दै सरकारको आलोचना गरेपछि अर्थमन्त्री खतिवडाले यसमा अदालती झन्झट पनि हुने गरेको भन्दै त्यसो हुन नदिन आफूले कानुनीमै संशोधन गर्ने तयारी गरेको बताउनु भयो ।

उहाँले दोहोरो करमुक्ति सम्बन्धि प्रावधानले पनि कर असुलीमा समस्या परेको उल्लेख गर्दै समाधान गर्दै अघि बढने प्रतिवद्धता पनि समितिमा व्यक्त गर्नु भएको थियो ।

बैठकमा समितिका सदस्यहरुले एनसेलले कर छली गरेको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल असुली गर्न ठोस कदम चाल्न पनि  सचेत गराएका थिए । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया