जर्जियाको एक स्की रिसोर्टमा ११ जना भारतीय नागरिकसहित १२ जनाक...
पुस २, २०८१ मंगलबार
काठमाण्डाै - वरिष्ठ कलाकार गणेश न्याैपाने मुनालको साेमबार निधन भएको छ ।
लामो समयदेखि अस्वस्थ रहनुभएका उहाँको साेमबार बिहान वीर अस्पतालमा निधन भएको हो । मुनालले सेतो बाघ, शिरीषको फूल, दिदी भाई, मिस्टर डन, गोपी, अविरल बग्दछ इन्द्रावती लगायतका चलचित्रमा अभिनय गर्नुभएको छ ।
उहाँले धेरै टेलिश्रृंखलामा पनि अभिनय गर्नुभएको छ । २००७ सालमा जन्मेका मुनालको साेमबारै पशुपति आर्यघाटमा अन्त्येष्टि हुँदैछ । मुनालले अभिनय गर्नुभएकाे डा. ध्रुबचन्द्र गाैतमकाे उपन्यासमा आधारित अलिखित टेलिश्रृंखला सर्वाधिका रुचाइएकाे थियाे ।
उहाँ काठमाण्डाै माहांकालमा बसोवास गर्दै आउनुभएकाे थियाे । उहाँले अभिनय गर्नुभएकाे नयाँ चलचित्र गोपी यही माघ १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ।
उहाँले टेलिश्रृंखला तीतोसत्यमा लामो समय अभिनय गर्नुभएकाे थियाे । उहाँ आफ्नो आवाजका कारण पनि दर्शकमाझ परिचित हुनुहुन्थ्याे ।
पशुपति आर्यघाटमा विभिन्न चलचित्रकर्मीलगायत उहाँका शुभचिन्तकहरु श्रदाञ्जलि अर्पण गर्न पुगेका छन् । स्वर्गीय कलाकार मुनालका एक छोरा रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।