नेपालगञ्ज भन्सार कार्यालय लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल

 माघ ७, २०७५ सोमबार २०:२४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके - नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा ६ अर्बभन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ ।  

चालु आर्थिक वर्षको साउनदेखि पुष मसान्तसम्म पाँच अर्ब ६७ करोड १८ लाख रुपैयाँ राजश्व संकलनको लक्ष्य रहेकोमा ६ अर्ब २० करोड ५८ लाख रुपैयाँ संकलन भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले जानकारी दिनुभयो । 

यथार्थपरक वर्गीकरण र विशेष निगरानी गर्न थालेपछि राजश्व असुली बढेकाे प्रमुख भन्सार अधिकृत निरौलाले दावी गर्नुभयो ।  

भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको कात्तिक महिना बाहेकका पाँच महिनामा राजश्व संकलन लक्ष्यभन्दा बढी संकलन भएको छ । 

भन्सारको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल भन्सार तथा राजश्व गुल्मका डिएसपी निरंकरनाथ शुक्लाले भन्सार चोरी निकासी नियन्त्रणका लागि भारतीय सुरक्षा निकायसँग समेत समन्वय गरिएको बताउनुभयाे । 
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया