डाक्टर देवकोटाको अन्तिम बिदाई

 असार ५, २०७५ मंगलबार १४:३४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – दिवंगत वरिष्ठ नशारोग विशेषज्ञ प्राध्यापक डाक्टर उपेन्द्र देवकोटाकाे अन्तिम बिदार्इ गरिएकाे छ । 

काठमाडौंको बाँसबारीमा रहेको न्यूरो अस्पताल प्राङ्गणमा राखिएको डाक्टर देवकोटाको पार्थिव शरीरमा सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरुले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका हुन ।

सोमबार साँझ उपचारको क्रममा निधन भएका डाक्टर देवकोटालाई श्रद्धाञ्जली दिन उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्री एवम् उहाँका विद्यालय तहका सहपाठी डाक्टर बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरु अस्पताल पुग्नु भएको थियो । 

स्वर्गीय देवकोटाको शीरमा नेपाली ढाका टोपी लगाइएको छ । डाक्टर देवकोटाको इच्छा अनुसार नै निधनपछि दौरा, सुरुवाल, ढाका टोपी र कोट लगाइएको हो । स्वर्गीय डाक्टर देवकोटाको पार्थिव शरीरलाई  केहीबेरपछि पशुपतिनाथमा विद्युतीय माध्यमबाट शवदाह गरिनेछ । देवकोटा निवास हेपाली हाइटमा पत्नी डाक्टर मधु देवकोटा तथा छोरीहरु मेघा, बसुधा र मञ्जरीले काजकिरिया गर्नुहुनेछ ।

काजकिरिया ७ दिनमा सम्पन्न हुने अस्पतालले जनाएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित डाक्टर देवकोटा स्वदेशमै देहत्याग गर्ने इच्छा बमोजिम बेलायतबाट नेपाल फर्कनु भएको थियो । 

डाक्टर देवकोटाकै इच्छा अनुसार गएको हप्ता उहाँलाई गोर्खामा रहेको उहाँकै जन्मघरमा लगिएको थियो । स्वास्थ्य मन्त्री समेत भइसक्नु भएका स्वर्गीय डाक्टर देवकोटा प्रख्यात नशारोग विशेषज्ञ हुनुहुन्थ्यो ।

–तस्बिर रासस

 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया