क्याप्टेनमा नेपालको फुटबलको कथावस्तु रहेको छ: भुवन केसी

 माघ ८, २०७५ मंगलबार १९:६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – नायक भुवन केसी आाफ्नो नयाँ चलचित्र क्याप्टेनको प्रचारप्रसारमा जुटेका छन् ।

प्रचारप्रसारका लागि पश्चिम नेपालका जिल्लाहरु पुग्ने क्रममा मङ्गलबार नेपालगञ्ज पुगेका अभिनेता केसीले सञ्चारकर्मीसँग कुरा गर्दै  क्याप्टेनमा नेपालको फुटबलको कथावस्तु रहेको बताउनुभयाे । चलचित्रमा नायक केसीका छोरा अनमोलको मुख्य भूमिका रहेको छ ।

करिब दुई करोड ५० लाखको लगानीमा निर्माण भएको चलचित्र ‘क्याप्टेन’को प्रविधिक पक्ष आत्याधुनिक रहेको केसीले दावी गर्नुभयाे ।

अनमोलसँगै सरोज खनाल, सुनील थापा जस्ता नयाँ र पुराना कलाकारको संगमको रुपमा चलचित्र तयार पारिएको जानकारी दिँदै केसीले चलचित्र फागुन १७ गते रिलिजको तयारी गरिएको बताउनुभयाे ।

नेपाली फुटबलले गाउँदेखि शहर हुँदै साफमा पदक जितेकोसँगै यसभत्रका विकृति र विसंगति पनि चलचित्रमा समेटिएको उहाँको भनाइ छ । केसीले फुटबलको विकासका लागि खेलाडीलाई राज्यले मनोबल बढाउनुपर्ने सन्देश दिन खोजिएको बताउनुभयाे ।

क्याप्टेन केसीको आफ्नो प्रोडक्सन हाउस सुपर काजल फिल्मसले निर्माण गरेको हो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया