बस र दमकल ठोक्कि‍ँदा २७ जना घाइते, ७ जनाकाे अवस्था गम्भीर

 माघ ९, २०७५ बुधबार १०:२४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

नवलपरासी – काठमाण्डौबाट भैरहवाका लागि छुटेको  बस र कावासोती नगरपालिकाको दमकल एक आपसमा ठक्कर खाँदा २७ जना घाइते भएका छन् । 

घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ । नवलपरासीको मध्यविन्दु नगरपालिका १५ मा  लु १ ख ८७९७ नम्बरको बस र विपरित दिशाबाट आउदै गरेको लु १ ग ३१० नम्बरको दमकल एक आपसमा ठोक्कि‍ँदा बसमा सवार २६  जना र दमकलका सहचालक एक जना गरी २७ जना घाइते भएका हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका बसमा सवार ६ जना र दमकलका एकजना गरी सातजनाको भरतपुरमा उपचार भइरहेको छ । अन्य २० जनाको मनकामना पोलिक्लिनिक अरुणखोलामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । 

यस्तै, बाटो चिप्लो भएर राति अवरुद्ध बनेको पूर्व पश्चिम दाउन्ने सडक बिहान ६ बजेबाट पूर्ण रुपमा सुचारु भएको छ । वर्षाका कारण बाटो चिप्लो भएर सो सडक राति पाँच घण्टासम्म पूर्ण रुपमा अवरुद्ध बनेको थियो ।
 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया