२०१४ को विश्वकपमा गोल्डेन बुट जितेका रोड्रिग्वेजले जापानविरुद्ध खेल्न नसक्ने

 असार ५, २०७५ मंगलबार १७:४५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

सन् २०१४ को विश्वकपमा सबैभन्दा बढी गोल गरेका कोलम्बियाली फुटबलर जेम्स रोड्रिग्वेजले विश्वकप २०१८ मा पहिलो खेल नै गुमाउने भएका छन् । 

पिँडुलाको चोटका कारण उनी जापानविरुद्धको खेलमा बेञ्चमै बस्ने निश्चित भएको इएसपीएनले जनाएकाे छ । 

जेम्स रोड्रिग्वेज अघिल्लो संस्करणको विश्वकपमा गोल्डेन बुट जित्दा जम्मा २२ वर्षका थिए । त्यसबेला उनले  ५ खेलमा ६ गोल गरेका थिए । रियल मड्रिडमा स्थान बनाउन नसकेपछि लोनमा बायर्न म्युनिख गएका रोड्रिग्वेजले गत सिजन क्लबमा ७ गोल गर्दै ११ एसिस्ट गरेका थिए ।

विश्वकप छनोट प्रतियोगितामा ६ गोल र चार असिस्ट गरेका रोड्रिग्वेजले कोलम्बियाका लागि ६३ खेलमा २१ गोल गरिसकेका छन् ।

जापान र काेलम्बियाकाे खेल पाैने पाँच बजेबाट सुरु भैसकेकाे छ । 
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया