कर्मचारी समायोजन: पहिलो प्राथमिकता प्रदेश ३ र काठमाण्डौ महानगरपालिका

 माघ १०, २०७५ बिहीबार १७:३४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - समायोजनमा जानका लागि कर्मचारीको पहिलो प्राथमिकतामा प्रदेश ३ र काठमाण्डौ महानगरपालिका परेका छन् ।

पहिलो प्राथमिकतामा परेको प्रदेश ३ मा १३ हजार ६८४ र काठमाडौँ महानगरमा सात हजार २१२ कर्मचारीले आवेदन फाराम भरेका छन् । प्रदेशको जम्मा दरबन्दी २२ हजार ७५५ मध्ये आधाभन्दा धेरैले प्रदेश ३ रोजेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी उपसचिव अनिता निरौलाले बताउनुभयो ।

मन्त्रालयले गएको पुस ११ देखि माघ २ गतेसम्म सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नका लागि कर्मचारीसँग आवेदन फाराम माग गरेको थियो। थोरै रोज्नेमा सुदूरपश्चिम प्रदेश रहेको छ । सुदूरपश्चिम प्रदेशमा पाँच हजार ९८ कर्मचारीले मात्र रोजेका छन् । 

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया