‘सरकारले जहाँ भन्छ, त्यहीँ एअरपोर्ट बनाउन हामीलाई बाध्यता छ’

 असार ५, २०७५ मंगलबार १७:४८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सरकारले थोरै खाली ठाउँ देख्यो कि विमानस्थल बनाउने योजना बनाउने गरेको बजेट छुट्याइहाल्ने गरेको भन्दै आलोचना भैरहेको छ ।

पछिल्लो समय काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई चाप बढेको भन्दै काभ्रेको नागिडाँडामा आन्तरिक विमानस्थल बनाउन सरकार तातिएको छ । विज्ञहरुले नै काठमाडौंको विकल्प नागिडाँडा नहुने बताउँदै आएका छन्, सरकारले भने प्रारम्भिक अध्ययनको लागि बजेट नै छुट्याएको छ । 

तर नेपाल नागरिक उड्ययन प्राधिकरणले भने विमानस्थल चल्ने भए पनि, नचल्ने भए पनि सरकारले भनेपछि विमानस्थल बनाउनैपर्ने बाध्यता रहेको बताएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्लमा भएको उद्दार तथा अग्नि नियन्त्रणसम्बन्धी सेमिनारमा नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले विमानस्थल बनाएर फाइदा या बेफाइदा के हुन्छ भन्नेतिर नलागी सरकारले जहाँ भन्छ आफूहरुले त्यहीँ विमानस्थल बनाउने बताउनुभयो । 

तपाईँहरुले नचाहिने ठाउँमा विमानस्थल बनाउनु भन्दा त त्रिभुवन विमानस्थलको सुरक्षा भरपर्दो हुने सामग्री किने हुँदैन र ? सेमिनारमा सहभागी एक पत्रकारको प्रश्नमा महानिर्देशक गौतमले भन्नुभयो, ‘तपाईँले भनेको कुरा त ठिकै हो, तर हामीलाई त सरकारले जहाँ विमानस्थल बनाउ भन्छ त्यहीँ बनाउने हो, संसदले नै विधेयेक पारित गरेपछि हामीले बनाउँदैनौं भन्न त मिलेन नी ।’

काभ्रेको नागिडाँडा विमानस्थल बनाउने विषयतर्फ संकेत गर्दै महानिर्देशक गौतमले भन्नुभयो, ‘सरकारले विनियोजन विधेयेकमा पारेको योजना हामीले हुन्न भन्न मिल्दैन, सरकारले जहाँ भन्छ त्यहीँ बनाउने हाम्रो काम हो’

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया