दार्चुलामा चार वर्षपछि चीनतर्फको तिङ्कर नाका जानका लागि पासको...
बैशाख १४, २०८१ शुक्रबार
दोलखा – कोरियामा रोजगारीको सिलसिलामा मृत्यु भएका दोलखाका आङकामी शेर्पाको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
कोरियाको जिन्जुमागएको कात्तिक ९ गते हृदयघातका कारण मृत्यु भएका दोलखाको गौरिशंकर गाउँपालिका ९ का स्वर्गीय शेर्पाको परिवारलाई १० लाख ८ हजार १ सय ९३ रुपैयाँ हस्तान्तरण गरिएको छ ।
उक्त रकम शुक्रबार प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले मृतकका परिवार युटेन शेर्पालाई हस्तान्तरण गर्नुभयो ।
कोरियामा रहेका नेपालीबाट संकलन गरी नेपाल पठाइएको उक्त रकममध्ये ५ लाख ५१ हजार ३ सय ९३ रुपैयाँ मृतकका छोरा र छोरीको नाममा बैंकमा जम्मा गरिएको छ भने ४ लाख ५६ हजार ८ सय रुपैयाँ मृतकको परिवारलाई हस्तान्तरण गरिएको छ ।
कोरियामा कार्यरत नेपालीबाट रकम संकलन गरी मृतकको परिवारलाई सहयोग प्रदान गरेको दोलखाली समाज कोरियाका अध्यक्ष सरोज केसीले जानकारी दिनुभयो ।
उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।