भद्रपुरमा रहेको सिमेन्ट उद्याेगका म्यानेजरको हत्या

 माघ १२, २०७५ शनिबार १५:१:३४ | सुश्मा राजवंशी
unn.prixa.net

झापा - झापाको भद्रपुरमा रहेको एउटा सिमेन्ट उद्योगमा कार्यरत म्यानेजरको हत्या भएको छ ।

भद्रपुर नगरपालिका-९ मा रहेको मनषा सिमेन्ट उद्योगमा काम गर्ने अन्दाजी ६५ वर्षका म्यानेजर कमल सिंंह दुगडको हत्या भएको हो । हात-खुट्टा बाँधेर, सिरानीले घाँटी थिचेर उनको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी महेन्द्र श्रेष्ठले बताउनुभयो ।

भारतको विशाखापट्नमका उनी दुई वर्षदेखि त्यस सिमेन्ट उद्योगमा म्यानेजरको रुपमा कार्यरत थिए । प्रहरीले घट्नाको अनुसन्धानका लागि धरानबाट तालिमप्राप्त कुकुरसहितको टोली मगाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

सुश्मा राजवंशी

झापामा बसेर पत्रकारिता गर्ने सुश्मा राजवंशी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया