सुस्त मनस्थिति भएकी बालिका बलात्कृत

 असार ५, २०७५ मंगलबार २०:१८:३९ | डीबी बिष्ट

बझाङ – सुस्त मनस्थिति भएकी १३ वर्षकी बालिका बलात्कृत भएकी छन् ।

सुस्त मनस्थिति भएकी दलित बालिकाको स्थानीय ४० वर्षका फिट्टु कुँवरले बलात्कार गरेको बालिकाका आफन्तले आरोप लगाएका छन् । असार तीन गते दिउँसो नै बालिकाको बलात्कार भए पनि घटनास्थल दुर्गम ठाउँ भएका कारण पीडितहरु प्रहरीको सम्पर्कमा आए पछि मात्र घटना सार्वजनिक भएको हो । दिउँसो ४ बजेतिर मदिरा सेवन गरेर मातेका आरोपी कुँबरले बालिकालाई उनकै गोठमा लगेर बलात्कार गरेको पीडितका आफन्तले बताएका छन् ।

गाउँका सबै मान्छे खेतमा काम गर्न गएको बेला घटना भएको र घटना भैसकेपछि बालिका चिच्याउदै बाहिर निस्केकाले अरुले थाहा पाएका थिए । आरोपी कुँवर अहिले फरार रहेका छन् । सुस्त मनस्थिति भएकी १३ वर्षकी पीडित बालिका स्पष्ट रुपमा बोल्न नसक्ने अवस्थामा रहेकी छन् ।

उनको जिल्ला अस्पताल बझाङमा स्वास्थ्य परीक्षण गरिएको  र मंगलबार मुद्धा दर्ता गरिने जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी ऋषिराम कँडेलले जानकारी दिनुभयो । आरोपीको खोजी कार्यको लागि आइतबारदेखि नै प्रहरी परिचालन गरिएको र थप अनुसंन्धान भैरहेको कँडेलले जानकारी दिनुभयो ।   

पटक–पटक बलात्कार 

सुस्त मनस्थिति भएकी ती बालिकाको यसअघि पनि थुपै्र पटक बलात्कार भएको स्वास्थ्य परीक्षणबाट देखिएको उनको स्वास्थ्य परीक्षणमा संलग्न एकजना स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।

बालिकाको योनीमा विभिन्न खालका संक्रमणहरु देखिएको र योनिको आकार अस्वभाविक रुपमा बढेकोले यस अघि पनि पटक–पटक बलात्कार भएको हुन सक्ने ती स्वास्थ्यकर्मीको बताएका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया