दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
सिन्धुली – जन्ती बोकेको बसमा करेन्ट लागेर दुर्घट्ना हुँदा ज्यान गुमाएका सिन्धुलीको दुधौली नगरपालिका–९ जितपुरका मृतकका परिवारलाई नगरपालिकाले २० हजार रुपैयाँ किरिया खर्च दिने भएकाे छ ।
दुधौली नगरपालिकाका घनश्याम राउतका अनुसार जन्ती जाँदा करेन्ट लागेर ज्यान गुमाएका जितपुर निवासी ४५ वर्षीय रामबाबु अधिकारी दनुवार, २० वर्षीय पुजा अधिकारी दनुवार, १७ वर्षीया लिला अधिकारी दनुवार, १० वर्षीय सुरजर ९ वर्षीय आकोस कुँमर दनुवारको परिवारलाई सहयोग गर्ने घोषणा गरिएको हो ।
जितपुरका रामबरण कुमर दनुवारको विवाहको जन्ती बोकेको बस बेहुली लिएर फर्किँदै गर्दा शुक्रबार साँझ (माघ ११ गते) धनुषा जिल्लाको सबेला नगरपालिका–४ बल्टियामा बिजुलीको पोलमा ठोकिएर करेन्ट प्रवाह हुँदा छ जनाको घट्नास्थलमा नै मृत्यु भएको थियो । दुर्घटनामा सबेला नगरपालिका–४ बल्टिया निवासी ५० वर्षीय केसमदेवी कुमरको पनि ज्यान गएको थियो ।
जितपुर निवासी मृतक सबैको शनिबार कमला नदीमा परम्परा अनुसार सामूहिक रुपमा दाह संस्कार गरिएको छ । एउटै गाउँका पाँच जनाको एकै पटक ज्यान जाँदा दनुवारको बस्ती रहेको जीतपुर गाँउ शोकमग्न छ । बेहुला बेहुली भने छुट्टै गाडीमा रहेकोले सकुशल रहेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।