ह्वाट्सएप, इन्स्टाग्राम र मेसेन्जरलाई एक बनाउने फेसबुकको योजना

 माघ १४, २०७५ सोमबार ९:४०:४६ | एजेन्सी
unn.prixa.net

सामाजिक सञ्जाल फेसबसकले अब फेसबुक मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएपलाई एकीकृत गर्ने योजना बनाएको छ । योजना अनुसार अब फेसबुक प्रयोगकर्ताहरुले यी तीन एपमा एकबाट अर्कोमा मेसेज पठाउन सक्नेछन् ।

योजना अनुसार यी तीनवटै एपलाई एउटै एपमा समायोजन गरिनेछ । जसले गर्दा एउटै एपभित्र मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएप खोल्न सकिनेछ र आफ्नो ह्वाट्सएपबाट कुनै मेसेन्जर प्रयोगकर्ता वा इन्स्टाग्राम प्रयोगलाई मेसेज पठाउन सकिनेछ ।

फेसबुकको यो योजना सबैभन्दा पहिले न्युयोर्क टाइम्सले सार्वजनिक गरेको थियो । यस योजनामा फेसबुकका संस्थापक मार्क जुकर्बर्गले चासो दिएको खबरमा उल्लेख गरिएको छ । तर यी तीनओटै एप कहिले समायोजन हुन्छ भन्नेबारेमा खबरमा उल्लेख गरिएको छैन ।

यी तीनओटै एपलाई समायोजन गर्नका लागि काम सुरु भैसकेको र सन २०२० सम्ममा फेसबुकले यी तीनैवटा एपलाई समायोजन गर्नसक्ने खबरमा उल्लेख गरिएको छ । 


 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया