विश्वको तापक्रम बढाइरहेको 'एल निनो' को प्रभाव सकियो : वैज्ञानिक
बैशाख ५, २०८१ बुधबार
भक्तपुर - श्रीमतीलाई जबरजस्ती बलात्कार गरेको अभियोगमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेकाे छ ।
भक्तपुरकाे मध्यपुरथिमि नगरपालिका ९ बोडे गाँकु बस्ने ४१ वर्षीय रञ्जन खड्कालाई श्रीमती बलात्कार गरेकाे आराेपमा प्रहरीले पक्राऊ गरेकाे हाे ।
श्रीमतीको इच्छा विपरीत शारीरिक सम्पर्क गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले खड्कालाई पक्राऊ गरी वैवाहिक बलात्कार ऐन अन्तर्गत मुद्धा चलाएको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।
३७ वर्षीया श्रीमतीले आफूलाई माघ ४ गते श्रीमानले जबरजस्ती शारीरिक सम्पर्क गरेको भन्दै माघ ६ गते प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीमा उजुरी आएपछि खड्कालाई पक्राऊ गरी अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो ।
kancha
Jan. 30, 2019, 11:28 a.m.जापानीले किन विहे गर्दैनन् भनेको त बल्ल बुझें /अब मैले नि बिहे गर्ने प्लान छोड्नु पर्ला जस्तो लाग्यो, नत्र जेलको बास हुने भयो.....#दु:खीआत्मा
लिलानाथ पगेनी
Jan. 29, 2019, 6:55 p.m.आजभोलि त यस्ता समाचार हरुले पनि प्रसस्तै ठाउँ पाउने भय।अब श्रीमान श्रीमती को त मेलमिलाप नहुने भए पछि अनि उनिहरु बाट जन्मेका सन्तान मा कस्तो सन्देश जाला त यो घटना ले?