प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
ओखलढुंगा – ओखलढुंगाको सुनकोशी गाउँपालिका–१०, कटुञ्जेमा एउटा अन्दाजी ३० वर्षको पुरुषको शव फेला परेको छ ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
कटुञ्जेको संसारी डाँडामा भेटिएको शव त्यसै ठाउँका बालकृष्ण विकको भएको प्रहरीले सनाखत गरेको छ ।
शव पहिचान भए पनि मृत्युको कारण खुल्न नसकेको स्थानीयले बताएका छन् ।
प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको र शवको पोष्टमार्टमको काम अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक निरञ्जन भटराईले बताउनुभयो ।