हुन्डाईको विद्युतीय कार ‘कोना ईभी’ नेपाली बजारमा

 माघ १७, २०७५ बिहीबार १५:७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरनेशनल प्रा.लि.ले नयाँ इलेक्ट्रिक गाडी ‘कोना ईभी’ लन्च गरेको छ । 

बिहीबार काठमाण्डौमा एक कार्यक्रमका बीच हुन्डाईको ‘कोना ईभी’ नामक नयाँ इलेक्ट्रिक गाडी लन्च गरिएको हो । वातावरणमैत्री सवारी साधन उत्पादनमा जोड दिने नीति अन्तरगत नयाँ मोडलको हुन्डाई गाडी कोना ईभी भित्र्याइएको कम्पनीका सेल्स म्यानेजर दिवाकर रेग्मीले जानकारी दिनुभयो । 

चार फरक–फरक रंगमा रहेको त्यो गाडीको ३ वर्ष वारेन्टी तोकिएको छ भने ब्याट्रीको वारेन्टी १२ वर्ष रहेको छ । ५१ लाख ९६ हजार मूल्य रहेको त्यो गाडी हालसम्मकै सबैभन्दा अत्याधुनिक प्रविधिको गाडी भएको दावी पनि गरिएको छ ।
 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया