सन्दीप जोराकाे शानदार डेब्यू, पहिलाे अन्तरराष्ट्रिय टी–२० मा बनाए अर्धशतक

 माघ १७, २०७५ बिहिबार १७:५१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपालका सन्दीप जोराले डेब्यू टी–२० मा अर्धशतक पूरा गरेका छन् ।

नेपाली राष्ट्रिय टिमबाट यूएईविरुद्ध टी–२० सिरिजमा डेब्यू गरेका सन्दीपले टी–२०मा अर्धशतक बनाउन सफल भए । नेपालले लगातार विकेट गुमाएका बेला पाँचौं नम्बरमा ब्याटिङमा आएका जोराले ४२ बलमा अर्धशतक बनाएका हुन् ।

घरेलु फ्रेन्चाईज टी–२० मा उत्कृष्ट प्रदर्शन गरेका सन्दीपले यूएईविरुद्धको एक दिवसीय क्रिकेटमा पनि राम्रो प्रदर्शन गरेका थिए ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया