पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष बस्याल दुबईमा पक्राउ

 माघ १७, २०७५ बिहिबार १८:५४:२९ | उमाकान्त पाण्डे

यूएई – नेपाल पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष भुपराज बस्याललाई प्रहरीले दुबईबाट  पक्राउ गरेको छ । बस्यालका दाइले सञ्चालन गर्दै आएको व्यवसाय सम्हालेका बस्याललाई दुई वर्षअघिको  घटनालाई लिएर एक जना चिनियाँ नागरिकले अदालतमा मुद्दा दायर गरेपछि प्रहरीले बस्याललाई पक्राउ गरेको हो । 

बस्यालले उहाँका दाइ दिपक बस्यालले सञ्चालन गरेको व्यवसाय सम्हाल्दै आउनुभएको छ । दाइको कतारमा पनि व्यवसाय भएकाले दुवईको व्यवसाय उहाँले सम्हाल्नुभएको थियो । 

कम्पनीमा सामान सप्लाई गर्दै आएका चिनियाँ नागरिकले पैसा नपाएको भन्दै बस्यालसँग विवाद हुँदा कुटपिट भएको र औंलामा चोट लागेको भन्दै अदालतमा मुद्दा दायर गरेपछि  बस्याललाई प्रहरीले पक्राउ गरेको हो । 

ती चिनियाँ नागरिकले औंलामा चोट लागेको भन्दै उपचार गर्दा लागेको खर्च दावी गर्दै  मुद्दा दायर गरेपछि बस्याल त्यसबारे बुझ्न प्रहरी कार्यालय पुग्नुभएको थियो । प्रहरीले उहाँलाई त्यतिबेला नै पक्राउ गरेको र अहिले उहाँलाई डेरा दुबईमा रहेको प्रहरी चौकीमा राखिएको दाइ दिपक बस्यालले उज्यालोलाई जानकारी दिनुभयो । 

उहाँले चिनियाँ नागरिकले दायर गरेको मुद्दामा भाइ सम्बन्धित नभएको भन्दै कानुनी प्रक्रिया पूरा गरेर मुद्दा टुङ्ग्याउन पहल गरिरहेको पनि बताउनुभयो । उहाँले भाइलाई प्रहरीले पक्राउ गरेको विषयलाई लिएर विभिन्न भ्रमपूर्ण कुरा पनि भइरहेको भन्दै त्यस्तो भ्रम नफैलाउन पनि सबैसँग आग्रह गर्नुभएको छ । 

तर अध्यक्ष बस्यालले महासंघमा भने आफू व्यवसायको कामले यूएई बाहिर जानुपरेको भन्दै उपाध्यक्ष लक्षमण खनाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुभएको छ । अध्यक्षको विषयमा बाहिर आएका घट्नाका बारेमा महासंघले शुक्रबार कार्यसमितिमा छलफल गर्ने तयारी गरेकाे छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया