बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा दिउँसोपछि ह...
बैशाख ८, २०८१ शनिबार
काठमाण्डौ – डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न सरकार गम्भीर नदेखिएको भन्दै नेपाल चिकित्सक संघले शुक्रबार आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेको छ ।
राष्ट्रिय सभा बैठकले पनि राष्ट्रिय चिकित्सा विधेयक पारित गरेपछि संघका महासचिव लोचन कार्कीले बिहीबार विज्ञप्ति निकालेर आकस्मिक बाहेक देशभरका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गर्नुभएको हो ।
शान्तिपूर्ण विरोधका कार्यक्रमलाई समेत खल्बल्याउने प्रयास भएको भन्दै संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चिकित्सक संघले डाक्टर केसीको मागमा समर्थन जनाउँदै त्रिवि शिक्षण अस्पतालमा रिले अनसन गर्दै आएको छ ।