सेती लोकमार्ग : १५ वर्षमा एक सय २६ किलोमिटर मात्र ट्र्याक खुल्याे
बैशाख १४, २०८१ शुक्रबार
सर्लाही – चिनी कारखाना एक महिना ढिलो गरी सञ्चालन भएकाले अहिलेसम्म जम्मा १५ प्रतिशत मात्र उखु क्रसिङ भएको छ ।
सर्लाहीको हरिवनमा रहेको ईन्दुशंकर चिनी कारखानाले अहिलेसम्म पाँच लाख १७ हजार क्विन्टल उखु क्रसिङ गरेको छ । कारखानाले यस वर्ष झण्डै ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो । ईन्दुशंकर चिनी कारखानाले अहिले दैनिक ३० हजार क्विन्टल उखु क्रसिङ गरिरहेको छ । त्यसैगरी महोत्तरीमा रहेको एभरेष्ट सुगर मिलले अहिलेसम्म पाँच लाख ५५ हजार क्विन्टल उखु क्रसिङ गरेको छ । ३५ लाख उखु क्रसिङ गर्ने लक्ष्य राखेको कारखानाले दैनिक ४०–४५ हजार क्विन्टल उखु क्रसिङ गरेको कारखानाका महाप्रबन्धक युगलकिशोर चौरसियाले जानकारी दिनुभयो ।
त्यसैगरी सर्लाहीको पश्चिमी धनकौलमा रहेको अन्नपूर्ण सुगर मिलले बिहीबारदेखि दैनिक २० हजारभन्दा माथि उखु क्रसिङ गरिरहेको छ । किसानको उखु क्रसिङ गर्न थाले पनि अन्नपूर्ण सुगर मिल र रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिलले किसानको करोड रुपैयाँ भुक्तान गर्न बाँकी राखेको छ ।
अन्नपूर्ण सुगर मिलले ३२ करोड र रौतहटको श्रीराम सुगर मिलले ३० करोड रुपैयाँ किसानको भुक्तानी गर्न बाँकी रहेको छ । त्यसैगरी सरकारले किसानलाई अनुदानबापत पठाएको प्रति क्विन्टल ६५ रुपैयाँ २८ पैसा अझै पाउन सकेका छैन । सरकारले किसानलाई दिन पठाएको २६ करोड रुपैयाँभन्दा बढी रकम चार महिनादेखि कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीमा थन्किएको छ ।
चिनी उद्योगहरुले किसानको लालपूर्जाको प्रतिलिपि, बैंक खाता र उखुको परिमाण खुल्ने गरी विवरण पठाउन नसक्दा अनुदान रकम बैंक खातामा जम्मा गर्न नसकिएको कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका प्रमुख जगत थपलियाले जानकारी दिनुभयो ।
यश क्रसिङ सिजनका लागि उखुको मूल्य प्रति क्विन्टल ५३६ रुपैयाँ २८ पसै कायम गरिएको छ । सर्लाहीमा यश वर्ष झण्डै ३४ हजार हेक्टर क्षेत्रफलमा किसानले उखु खेती गरेका छ ।सरकारले उखुलाई नगदे बाली घोषणा गरे पनि किसानले पाँच वर्ष देखिको भुक्तानी अहिलेसम्म पाउन सकेका छैनन् ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।