अमेरिकाको लस एन्जलसमा फैलिएको आगो नियन्त्रणबाहिर
पुस २४, २०८१ बुधबार
सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रमा नयाँ कित्ताकाट र घरको नक्सा पासमा रोक लगाएको छ ।
कृषियोग्य जमिन खण्डिकरणले गर्दा मासिन थालेको भन्दै नगरपालिकाले रोक लगाउने रोक लगाउन निर्णय गरेको हो । नगरपालिकाले साविकको वीरेन्द्रनगर १ देखि १२ सम्म गुरुयोजनासंग जोडिएका सडक बाहेक वीरेन्द्रनगर उपत्यकाको रत्नराजमार्गदेखि दक्षिण तर्फ वडा नम्बर २, ३, ९, १० ११ र उत्तर तर्फको वडा नम्बरहरु १४, १५, १६ मा कित्ताकाटमा रोक लगाएको हो ।
अहिले वीरेन्द्रनगरमा व्यवस्थित शहरका लागि गुरुयोजना निर्माण भइरहेकाले गुरुयोजना नबनुन्जेलसम्म कित्ताकाटमा रोक लगाउने निर्णय गरिएको नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले जानकारी दिनुभयो ।
‘नगर क्षेत्रमा जथाभावी रुपमा कित्ताकाट गर्दा खेतीयोग्य जमिन मासिँदै गएको छ । अहिले हामीले व्यवस्थित शहरका लागि गुरुयोजना बनाउने प्रक्रियामा छौँ । त्यसैले खेतीयोग्य क्षेत्र कहाँ हो, आवासको क्षेत्र कहाँ हो भनेर छुट्टाउन आवश्यक छ’ उहाँले भन्नुभयो, ‘नगरको गुरुयोजना नबन्दासम्मका लागि हामीले कित्ताकाट र नक्सा पासमा रोक्ने कार्यपालिकाबाटै निर्णय गरेका हौँ ।
उहाँले खेतीयोग्य जमिन संरक्षणमा सबैले सहयोग गर्न पनि आग्रह गर्नुभयो । उहाँले अहिले यो निर्णयबाट केही समय सर्वसाधारणलाई समस्या भएपनि नगरपालिकाले खेतीयोग्य जमिन रोक्नका लागि गरेको प्रयासलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।
‘जमिन खण्डिकरणबाट रोक्नका लागि स्थानीय सरकार, जनप्रतिधिको एउटै प्रयासले मात्र सम्भव छैन’ उहाँले भन्नुभयो, ‘यसमा सबै स्थानीय नागरिकहरुको पनि सहभागिता चाहिन्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।