इरानद्वारा लामो दूरीको क्षेप्यास्त्रको सफल परीक्षण गरेको दाबी

 माघ २०, २०७५ आइतबार ७:२०:४ | एजेन्सी
unn.prixa.net

इरानले एक लामो दूरीको क्षेप्यास्त्रको सफल परीक्षण गरेको शनिबार जनाएको छ । 

एक हजार ३५० किलोमिटर टाढा हान्ने क्षमता रहेको नयाँ मिसाइलको नाम भने बताइएको छैन । इरानले १९७९ मा भएको ‘इस्लामिक क्रान्ति’ दिवस मनाइरहेका समय नयाँ मिसाइलको परीक्षण हुनुलाई संयोग मात्र भएको जनाएको छ । 

“होभेइजेहबाट गरिएको क्षेप्यास्त्रले एक हजार २०० किलोमिटर टाढाको दूरीमा ठीक निशानामा हान्न सफल भएकोले यो परीक्षण सफल भएको छ,” इरानी रक्षा मन्त्री अमिर हतामीलाई उद्धृत गरी राज्य सञ्चालित टेलिभिजनले जनाएको छ । टेलीभिजनले परीक्षणको दृश्यचित्रसमेत देखाएको थियो । 

“इरानले शनिबार परीक्षण गरेका हतियार तयारका लागि छोटो समय मात्र लाग्ने र यो निकै होचो क्षेत्रमा पनि उड्ने क्षमता रहेको छ ।” मन्त्री हातामीले भने । 

उनले लामो दूरीको हतियार आफ्नो सुरक्षाका लागि प्रयोग गरिने बताए । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया