रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
नेपाल र यूएईबीचको तेस्रो तथा निर्णायक टी–२० खेलमा वर्षाले प्रभाव पार्ने भएको छ । दिउँसो पौने ३ बजेदेखि सुरु हुनुपर्नेमा अहिले पानी परिरहेको छ । यूएईका केही ठाउँमा हावाहुरीसहित पानी परिरहेको त्यहाँको मौसम विभागले जनाएको छ ।
पानीका कारण खेल प्रभावित हुन सक्ने जनाइएको छ । दुवै टिमले एक–एक खेल जितेकाले आजको नतिजाले उपाधिको छिनोफानो हुने छ ।
त्यहाँको मौसम विभागका अनुसार आज ठूलो पानी पर्ने सम्भावना छ । यदि वर्षाले खेल बिथोलिएमा नेपालले एकदिवसीयपछि टी–२० सिरीज जित्ने अवसरमा धक्का लाग्नेछ ।
नेपाली टिममा आज एक परिवर्तन पक्का जस्तै छ । सुरुवाति दुई टी–२० मा जम्न नसकेका प्रदीप ऐरीको स्थानमा विनोद भण्डारीलाई खेलाउने सम्भावना रहेको छ । यस्तै आज भीम सार्कीलाई पनि मौका दिन सम्भावना रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।