जबर्जस्ती करणी गर्न खोज्ने भारतीय नागरिक इलामबाट पक्राउ

 माघ २२, २०७५ मंगलबार १९:४९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

इलाम – बालिकालाई जबर्जस्ती करणी गर्न खोज्ने भारतीय नागरिक इलामबाट पक्राउ परेका छन् । माई नगरपालिका–३, मा मजदुरी गर्दै आएका भारत बिहारका मुर्सिद खानलाई मंगलबार पक्राउ गरिएको हो । 

२६ वर्षीय खानले १५ वर्षीया बालिकालाई विद्यालय जाँदै गरेको समयमा जबर्जस्ती करणी गर्न खोजेको बताइएको छ । घटनापछि बालिकाले परिवारलाई खबर गरेपश्चात परिवारले प्रहरीलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

पक्राउ परेका खानलाई आवश्यक कानुनी कारबाही प्रक्रिया सुरु गरिसकेको प्रहरीले जनाएको छ ।  
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया