स्थानीयलाई कुटपिट गरेकाे अभियाेगमा नेकपा विप्लव समूहका ४ कार्यकर्ता अर्घाखाँचीबाट पक्राउ

 माघ २३, २०७५ बुधबार २०:२:३४ | प्रेमनारायण आचार्य

अर्घाखाँची - अर्घाखाँचीको छत्रदेव गाउँपालिकाबाट नेकपा विप्लव समूहका ४ जना नेता पक्राउ परेका छन् ।

छत्रदेव गाउँपालिका-७, मडेलचौरका स्थानीय भिमलाल पाण्डेलाई कुटपिट गरेको कारण विप्लव समूहका ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा विप्लव समूहका अर्घाखाँची जिल्ला जन परिषद प्रमुख पिताम्बर पोख्रेल, गुल्मी जिल्ला सचिव खिम खड्का, लुम्बिनी ब्युरो सदस्य पूर्ण सिंह, र जाजरकोट पार्टी सदस्य शिवलाल पुन छन् ।

जिल्ला अदालत अर्घाखाँचीमा रहेको मुद्दा फिर्ता लिन नमानेपछि भिमलाललाई कुटपिट गरेकाे अभियाेगमा उनीहरू पक्राउ परेका हुन् । कुटपिटमा संलग्न रहेका ८ जनामध्ये ४ जना पक्राउ परेका र अन्य ४ जना फरार रहेकोमा उनीहरूको खोजी भैरहेको प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरुलाई कानुन अनुसार कारबाही गरिने प्रहरीको भनाइ छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया