प्रदेश पाँचको आवधिक योजना : पाँच वर्षभित्र निरपेक्ष गरिबीलाई १० प्रतिशतमा झार्ने लक्ष्य

 माघ २४, २०७५ बिहिबार ९:०:८ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

फाइल फाेटाे

रुपन्देही – आउँदो पाँच वर्षभित्र निरपेक्ष गरिबीको रेखामूनि रहेको जनसंख्यालाई १० प्रतिशतमा झार्ने लक्ष्यसहितको प्रथम आवाधिक योजनाको अवधारणा पत्र प्रदेश नम्बर पाँचको सरकारले तयार गरेको छ । 

पछिल्लाे जनगणनाअनुसार प्रदेश नम्बर पाँचमा २४ दशमलब पाँच प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि रहेको छ । प्रदेश पाँचको जनसंख्या ४४ लाख ९९ हजार रहेको छ ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर प्रकाशकुमार श्रेष्ठले १२ वटै जिल्लामा पुगेर स्थानीय तहका जनप्रतिनिधि, निजी क्षेत्र र नागरिक समाजसँगको रायसुझावअनुसार निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्यालाई १० प्रतिशतमा झार्ने लक्ष्य तय गरी अवधारणापत्र तयार गरिएको बताउनुभयो । मुख्य शहरमा विद्युतीय बस र रेल्वे सेवा सुरु गर्ने लक्ष्य पनि आवाधिक योजनामा रहेको छ ।

२० लाख बाह्य पर्यटक भित्राउने र औद्योगिक उत्पादनमा अग्रणी प्रदेशको रुपमा पाँच नम्बर प्रदेशलाई स्थापित गर्ने लक्ष्य समेटिएका छन् । प्रदेश पाँचमा ५१ दशमलब ९ प्रतिशत जनसंख्या इन्टरनेटको पहँुचमा रहेकोमा यसलाई बढाएर ९० प्रतिशत पुराउने योजनामा उल्लेख छ । 

सरदर आयु ६७ वर्ष ५ महिना रहेको र बालमृत्यु दर ४२ दशमलब ४ रहेकोमा क्रमशः ७२ वर्ष र ३० प्रतिशत पुर्‍याउने लक्ष्य योजनामा उल्लेख छ । 

योजना आयोगका उपाध्यक्ष श्रेष्ठका अनुसार प्रदेशको कुल ग्राहस्थ उत्पादन वृद्धिदर ९ दशमलब ५ प्रतिशत र कूल उपभोक्ता मूल्यवृद्धि दर ६ प्रतिशत रहेको छ ।  
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया