सिमाना सुरक्षाबारे अमेरिकी सरकार र विपक्षीबीच सहमति

 फागुन १, २०७५ बुधबार ७:७:३७ | रासस
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमा सुरक्षाका लागि पर्खाल निर्माणका लागि अमेरिकी सिनेटले रकम नछुट्ट्याएका कारण सरकार र संसदबीच देखिएको विवादका केही बुँदामा अन्ततः सोमबार सहमति जुटेको छ । 

३५ दिनसम्म अस्थायी खर्चबन्दी भएको र अमेरिकी संघीय निकायहरू खर्चविहीन हुने अवस्थाबाट गुज्रेपछि राष्ट्रपतिले एक कदम पछि हट्दै आंशिक सरकारी कार्यालयको बन्द हटेको थियो । 

डेमोक्र्याट तथा रिपब्लिकन नेताहरूले सीमा सुरक्षाका विषयमा एक सैद्धान्तिक सहमति गरेसँगै अर्को अस्थायी खर्चबन्दी हुने र अमेरिकी संघीय निकायहरू खर्चविहीन हुने अवस्थाबाट गुज्रिने जोखिम टरेको हो । 

अमेरिकी सांसदहरूका अनुसार वाशिङटनमा भएको एक बैठकमा नयाँ सहमति जुटेको हो । सहमतिका बुँदाहरू बाहिर आइसकेका छैनन् । राष्ट्रपतिको यस सम्बन्धमा भनाई उहाँले पश्चिमी राज्य टेक्सासमा एक सभालाई सम्बोधन गर्ने कार्यक्रममा आउने अनुमान गरिएको छ । 

अर्को खर्चबन्दी रोक्न शुक्रबारसम्म दुई पक्षबीच सहमति जुट्नैपर्ने आवश्यक थियो । अमेरिकी इतिहासकै सबैभन्दा लामो खर्चबन्दीका कारण अमेरिकी अर्थतन्त्रमा ११ अर्ब डलर घाटा भएको अनुमान गरिएको छ । 

सोमबार साँझ वाशिङटनमा डेमोक्रेटिक र रिपब्लिकन नेताहरूबीच केही घन्टासम्म चलेको छलफलपछि विवादहरूमा सहमति जुटेको थियो । रिपब्लिकन सिनेटनर रिच्ड शेल्बीका अनुसार सबै मतभेदहरू हल भएका छन् । 

उनले भने, “सबै विषयमा सहमति जुटेको छ । त्यसका बुँदाहरू कर्मचारीहरूले केही दिनपछि बाहिर ल्याउनेछन् ।” 
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया