यूएईका ११ सिनेमा हलमा आजबाट नेपाली चलचित्र ‘प्रसाद’ प्रदर्शनमा

 फागुन २, २०७५ बिहिबार १२:१०:३५ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – नेपाली चलचित्र ‘प्रसाद’ बिहीबारबाट यूएईका विभिन्न शहरमा प्रदर्शन हुने भएको छ ।  यूएईका ११ वटा सिनेमा हलमा ‘प्रसाद’ प्रदर्शन हुँदै छ ।

प्रेम दिवसको अवसर पारेर यूएईमा प्रदर्शन हुन लागेको ‘प्रसाद’को पहिलो दिनका टिकट सबै बिक्री भइसकेको संयोजक आशिष पुरुषले जानकारी दिनुभयो । 

नेपालमा विकास नेटवर्कमार्फत विकास सुवेदी र आशिष पुरुषले मध्यपूर्वमा ‘प्रसाद’ भित्राउनु भएको हो । चलचित्र ‘प्रसाद’ बाँझोपनका कारण दाम्पत्य जीवनमा पारेको समस्या र त्यसले नेपाली समाजमा पारेको सामाजिक असरका विषयमा केन्द्रित भएर आमनेपाली भोगाइको व्यथा बोकेको चलचित्र भएकाले यूएईमा धेरैले ‘प्रसाद’को प्रतिक्षा गरेका छन ।

नेपालमा १ सय १ दिन मनाउने क्रममा रहेको प्रसादले विदेशमा पनि आशलाग्दो व्यापार गरिरहेको छ । चलचित्रले अष्ट्रेलियामा नियमित ३५ शो गरिसकेको छ । 

लामो समय चलचित्र पत्रकारिता गरेका पत्रकार सुशील पौडेलले लेखेको कथा तथा सुवास थापा निर्मित चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत मूख्य भूमिकामा हुनुहुन्छ । त्यस्तै प्रसादमा बसुन्धारा भुसाल, विनोद भट्टराई, प्रकाश गन्धर्वलगायतका कलाकारले अभिनय गर्नुभएको छ । राजेश श्रेष्ठको छायांकन रहेको चलचित्रमा लोकेश बज्राचार्यको सम्पादन रहेको एसोसियट निर्देशक विकास सुवेदीले उज्यालोलाई जानकारी दिनुभयो ।

 

सन् २०१६ बाट यूएईका सिनेमा हलहरुमा नेपाली चलचित्र नियमित रुपमा प्रदर्शन हुँदै आएका छन् । ‘प्रसाद’ चलचित्र यूएईमा बलिउड सिनेमा हलमा समेत प्रदर्शन हुँदै छ ।
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया