प्रेम दिवसमा सामाजिक सञ्जालमा यसरी पाेखियाे बलिउड कलाकारकाे माया

 फागुन २, २०७५ बिहिबार १५:२१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फेब्रुअरी महिनालाई प्रेमको महिना पनि भन्ने गरिन्छ । आज फेबु्रअरी १४ अर्थात् प्रेम दिवस । आजको दिनलाई जोडीहरु व्यग्रताका साथ पर्खिरहेका हुन्छन् । आजको दिनलाई आफूले माया गर्ने मान्छेलाई माया दर्साउनका लागि उत्तम दिन पनि मान्ने गरिन्छ । 

बलिउड कलाकारहरुले पनि सामाजिक सञ्जालमार्फत प्रेम दिवसको शुभकामना दिएका छन् । 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by SonamKAhuja (@sonamkapoor) on

२०१८ मा विवाह गरेकी अभिनेत्री सोनम कपूरले उनका श्रीमान आनन्द आहुजासँगको तस्बिर सेयर गर्दै लेखेकी छिन्, ‘भ्यालेन्टाइन्स डे को शुभकामना ! तिमीलाई धेरै सम्झिरहेकी छु र अब छिट्टै नै भेट्नेछु ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by AishwaryaRaiBachchan (@aishwaryaraibachchan_arb) on

यस्तै अभिनेत्री ऐश्वर्या राय बच्चनले पनि उनको इन्स्टाग्राम अकाउन्टमा पति अभिषेक बच्चन र छोरी आराध्याको तस्विर सेयर गरेकी छिन् । अभिनेत्री विपाशा बासुले पति करण सिंह ग्रोबरसँगको तस्विर सेयर गर्दै आफू संसारकै भाग्यमानी भएको भन्दै पति करणप्रति माया दर्शाएकी छिन् ।  

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Shilpa Shetty Kundra (@theshilpashetty) on

अभिनेत्री शिल्पा शेट्टी कुन्द्राले पनि पति राज कुन्द्रासँगको तस्बिर सेयर गर्दै पहिलो पल्ट भ्यालेन्टाइन्स डेका दिन राज साथमा नभएकाले उनलाई याद गरिहेको भन्दै लेखेकी छिन् । 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by KARTIK AARYAN (@kartikaaryan) on

बलिउडका अहिलेका चर्चित अभिनेता कार्तिक आर्यनले पनि आफ्ना फ्यानहरुलाई पे्रम दिवसको शुभकामना दिएका छन् । उनले एउटा भिडियो शेयर गर्दै लेखेका छन्, ‘आज म जे छु यहाँको मायाका कारणले छु । यति धेरै माया दिनुभएकोमा धन्यवाद !’ 
 
 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया