कर्णाली प्रदेश सरकारको एक वर्ष : राजधानी, नामाकरण र कानुन निर्माण मुख्य अपलब्धि

 फागुन ३, २०७५ शुक्रबार ७:३७:५० | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेश सरकार गठन भएको एक वर्ष पुगेको छ । प्रदेश सरकारको शुरुवातीको चरणमा अपेक्षाअनुसार काम गरेको प्रदेश सरकारले दावी गरेको छ । देशका सात प्रदेशमध्ये सबैभन्दा पहिला प्रदेशको राजधानी र नामाकरण विवादरहित टुङ्गाउन सफल भएको कर्णाली प्रदेशले यसलाई मुख्य उपलब्धिको रुपमा लिएको छ । 

संघीय सरकारले अधिकार नदिँदा नदिंदै पनि कर्मचारी अभाव लगायतका चुनौती सामाना गर्दै आफूहरुले केही आश लाग्ने काम गरेको सरकारको दावी छ । 

प्रदेश सरकारले पहिलो वर्षलाई कानुन निर्माण र संचरना तयारको वर्षको रुपमा लिएको थियो । यस अवधिमा १७ वटा विभिन्न कानुनहरु कर्णाली प्रदेशमा निर्माण भएका छन् । सरकारले अब विभिन्न पाँच वटा विधेयकहरु प्रदेश सभामा पेश गर्ने तयारी गरेको छ भने दर्जनौं निमावली र कार्यविधिहरु तयार गरेको छ ।

‘हामीले सबैभन्दा पहिला प्रदेशको राजधानी तोक्न र नामाकरण गर्न सफल भयौँ’ सरकारकी प्रवक्ता एवंम भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले भन्नुभयो, ‘यस बाहेक केही प्रदेश सञ्चालनका लागि कानुन निर्माण गरेका छौँ । हालसम्म १७ वटा कानुन निर्माण गरेका छौँ । अब संंसद बसेपछि पाँच वटा विधेयकहरु पेश गर्ने तयारीमा छौँ ।’   

मन्त्री केसीले कर्णाली प्रदेशमा केही समाजिक कामहरु पनि अघि बढाएको बताउनुभयो । कर्णालीका दुर्गम गाउँका जोखिममा रहेका सुत्केरी हुन नसकेकालाई हेलिकोप्टरमार्फत अस्पताल पुर्‍याउने गरिएको उहाँको भनाई छ । कर्णाली प्रदेशमा पर्यटन प्रवर्द्धनका लागि कर्णाली रारा पर्यटन वर्ष २०७५ उद्घाटन गरेर पर्यटकको चहलपहल बृद्धि गरेको उहाँको दावी छ । 

यस्तै प्रदेश सरकारले कर्णाली योजना आयोगको गठन गरेर परियोजना बैंक बनाउने काम सुरु गरेको छ । 

अपेक्षा अनुसार काम भएनन् : विपक्षी

सरकारले महत्वपूर्ण काम गरेको दावी गरिरहँदा विपक्षी दलले भने सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएको छ । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकारले सुरुवातका दिनमा राम्रो गर्न खोजे पनि अपेक्षाअनुसार सरकार अघि बढ्न नसकेको बताउनुभयो । ‘सरकार नयाँ ढंगबाट आउनुपर्थ्याे, त्यसो हुन सकेन । एक वर्ष जग हाल्ने समय हो भनेर  पनि सरकारले बलियो जग बसाल्न सकेन्’ उहाँले भन्नुभयो, ‘सरकारले न बजेट राम्रोसँग खर्च गर्न सक्यो । देखाउने खालको काम सरकारले केही गर्न सकेन् ।’ उहाँले सरकारले कानुन पनि धेरै बनाउन नसकेको बताउनुभयो । 

उहाँले प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले ठूला कुरा र सपना मात्र बाँडेको आरोप लगाउनुभयो ।  ‘कर्णाली प्रदेशलाई विश्वकै नमूना प्रदेश बनाउने भनेर सपना मात्र बाँड्ने काम भइरहेको छ’ उहाँले भन्नुभयो, ‘अहिलेसम्म सरकारले प्रदेश राजधानीको सडक र खानेपानीको व्यवस्थापन पनि गर्न सकेको छैन । गफ मात्र गर्ने काम भइरहेको छ ।’ उहाँले सरकार  बहुमतको आडमा मात्र अघि बढेका अरोप लगाउनभयो । 

सरकारका कामप्रति प्रतिपक्ष मात्र होइन, सत्तारुढ दलकै कतिपय सांसदलाई पनि चित्त बुझेको छैन् । सरकारले कामभन्दा पनि भाषण धेरै गर्ने गरेको सत्तापक्षका सांसदहरुको आरोप छ । नेकपाका सांसद देवी ओलीले सरकारले अपेक्षा अनुसार काम गर्न नसकेकोे बताउनुभयो । ‘सरकार गठन मात्र भएको छ,  नाम मात्रको सरकार गठन जस्तो भएको छ’ उहाँले भन्नुभयो, ‘सरकार जुन गतिमा जानुपर्ने थियो, त्यो गतिमा गएको छैन । संरचना पनि तयार भइसकेको छैन । जति संरचना छन् त्यसबाट पनि प्रभावकारी काम हुन सकेको छैन् ।’

विकासको सूचकांकमा सबैभन्दा कमजोर भएको कर्णाली प्रदेशका नागरिकहरुले प्रदेश सरकारबाट धेरै अपेक्षा गरेका छन् ।  

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया